सय दिनभित्र नतिजा आउने गरी काम गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षामन्त्रीको निर्देशन « Khabarhub

सय दिनभित्र नतिजा आउने गरी काम गर्न चिकित्सा शिक्षा आयोगलाई शिक्षामन्त्रीको निर्देशन


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भक्तपुरको सानोठिमीमा रहेका चिकित्सा शिक्षा आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गरेका छन् । शुक्रबार मन्त्री देवेन्द्र पौडेलका साथै राज्यमन्त्री बोधमाया कुमारी यादव र शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया सहितको टोलीले आयोग र केन्द्रको निरिक्षण गरेको हो ।

निरिक्षणपछि शिक्षामन्त्री पौडेलले सय दिन भित्र नतिजा आउने गरी काम गर्न निर्देशन दिएका छन् । शिक्षामन्त्री पौडेलले संविधानले व्यवस्था गरेका जनताका शैक्षिक हकलाई व्यवहारमा प्रकट हुने गरी काम गर्न लाग्ने बताए । उनले काम गर्ने क्रममा आइपर्ने समस्याका गाँठा फुकाउन आफूले समन्वय गर्ने बताए ।

उनले आयोग र केन्द्र दुवै कार्यालयलाई ३ महिने,एक बर्से र नीतिगत प्रक्रियाका कार्य योजना बनाई काम गर्न निर्देशन दिए । यसअघि मन्त्री पौडेलले बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ५० बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा