१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम ! « Khabarhub

१५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न बारको अल्टिमेटम !


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएशनले १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने व्यवस्था गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई अल्टिमेटम दिएको छ । १५ दिन भित्र गोला प्रथाबाट पेशी तोक्ने प्रतिवद्धता नआए न्यायिक नेतृत्वप्रति बारको विश्वास नरहने बारले जनाएको छ ।

शुक्रबार बसेको बार एसोसिएशनको बैठकपछि जारी गरिएको विज्ञप्तिमा प्रधानन्यायाधीशले न्यालयका विकृति विसंगति हटाउने प्रतिवद्धता पटक पटक जनाए पनि कार्यान्वयन नगरेको उल्लेख गरिएको छ ।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालयका विकृति विसंगति हटाउनेबारे प्रतिवेदन दिएको र प्रधानन्यायाधीशले सो प्रतिवेदन कार्यान्वयन गर्ने जनाए पनि दुई महिनासम्म कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बारले जनाएको छ ।

सो प्रतिवेदनमा विकृति हटाउन प्रधानन्यायाधीशले पेशी तोक्ने नभई स्वचालित प्रणालीबाट तोक्नुपर्ने र त्यसका लागि प्रविधि तयार नहुँदासम्म गोला प्रथापाबाट पेशी तोक्नुपर्ने सुझाव दिइएको छ ।

हाल सर्वोच्चमा प्रधानन्यायाधीशले र अन्य अदालतमा प्रमुख न्यायाधीशले पेशी तोक्दै आएका छन् । यसरी पेशी तोक्दा सेटिंग हुने गरेको चर्चा चल्दै आएको छ ।

नेपाल बारले प्रतिवेदन कार्यान्वयनका विषयमा आगामी आइतबार प्रधानन्यायाधीश राणासँग छलफल गर्ने निर्णय पनि गरेको छ । सो छलफलपछि थप धारणा बनाउने बारले जनाएको छ । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश राणाको राजीनामा मागेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ४९ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा