राष्ट्रपति र प्रधानमन्त्री जो भए पनि देश माओवादीको वरपर छ : प्रचण्ड « Khabarhub

राष्ट्रपति र प्रधानमन्त्री जो भए पनि देश माओवादीको वरपर छ : प्रचण्ड


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु संगठनात्मक रूपमा अस्तव्यस्त र आत्मबल कमजोर हुँदा प्रतिक्रियावादीले टाउको उठाएको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरेको घटनालाई ‘प्रतिक्रियावादी र प्रतिक्रान्तिको षड्यन्त्र’भन्दै प्रचण्डले थपे, ‘हामी (माओवादी) कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् । माओवादी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्ध उल्ट्याउन षडयन्त्र भएपछि हामीले सडकबाट विद्रोह गरेर प्रतिनिधिसभा पुनर्स्थापना गरायौँ ।’

चितवनको टाँडीमा सोमबार बिहान आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले एमाले पार्टी प्रतिक्रान्तिकारी भएको टिप्पणी गरे ।

जनताको बलमा नै प्रतिनिधिसभा पुनस्थार्पना भएको उनको दाबी छ। त्यसका लागि पाँच दलीय गठबन्धन सडकमा उत्रिएको उनले बताए ।
‘बालुवाटारबाट गलहत्याएर बालकोट र सातै प्रदेशबाट गलहत्याएर घरघरमा पर्‍याउने काम जनताले गरेका छन्,’ उनले भने, ‘जनता र क्रान्तिकारीमा फेरि नयाँ आशा, भरोसा र विश्वास पैदा भएको छ । हामी सुस्ताएका थियौँ, अब फेरि जागेका छौँ भनेर जनतासामु भन्न सक्नुपर्छ ।’

अहिले राष्ट्रपति र प्रधानमन्त्री जो सुकै भए पनि देश माओवादीको वरपरै नै रहेको उनको दाबी छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ४९ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर