‘रमरम मरौटी’मा करोड दर्शक | Khabarhub Khabarhub

‘रमरम मरौटी’मा करोड दर्शक


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ महिना अघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । यही अवसर पारेर निर्माण टिमले हालै राजधानीमा केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको छ ।

५० दिन अघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको यो गीतलाई एक करोड २५ लाख पटक हेरिएको छ । गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले आफ्नो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी व्यक्त गरेका छन् ।

भिडियोकी कलाकार अभिनेत्री पुजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोत नै लोकगीत भएको बताइन् । पुजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताइन् ।

प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ४९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको