‘रमरम मरौटी’मा करोड दर्शक « Khabarhub

‘रमरम मरौटी’मा करोड दर्शक


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेढ महिना अघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । यही अवसर पारेर निर्माण टिमले हालै राजधानीमा केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको छ ।

५० दिन अघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको यो गीतलाई एक करोड २५ लाख पटक हेरिएको छ । गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले आफ्नो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी व्यक्त गरेका छन् ।

भिडियोकी कलाकार अभिनेत्री पुजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोत नै लोकगीत भएको बताइन् । पुजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताइन् ।

प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ४९ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २