सडक कालोपत्रे नगरेको भन्दै स्थानीय प्रदर्शनमा, बाटो बन्द « Khabarhub

सडक कालोपत्रे नगरेको भन्दै स्थानीय प्रदर्शनमा, बाटो बन्द


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर -हरिसिद्धि टौखेल सडक कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् ।

ललितपुर ठैव बाँडेगाँउका कृष्णमुकुन्द महर्जनका अनुसार बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर सोमबार बिहानैदेखि बाटो बन्द गरिएको हो ।

लामो समयदेखि सडक कालोपत्रे गर्ने भने पनि ठेकेदारले कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका महर्जनले बताए । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि सडक खाल्डै खाल्डाेमा परिणत भएको छ ।

उनका अनुसार स्थानीयलाई बाँडेगाँउस्थित प्रहरी वृत्तबाट वार्ताका लागि बोलाइएको छ । स्थानीयवासी सल्लाह गरेर बार्तामा जाने तयारी भइरहेको छ ।

गोदावरी नगर १४ का वडाध्यक्ष जगतनाथ महर्जन कच्ची सडकमा धुलो धुवाँ उडेर सडक वरपरका बासिन्दा बस्नै नसक्ने अवस्था आएको र स्थानीयलाई सडक बन्न लागेको छ भनेर आफूले सम्झाउने अवस्था नरहेको बताउँछन् ।

स्थानीय प्रशासन र मन्त्रालयसम्म ठेकेदारलाई छलफलमा ल्याउँदा मंसिरसम्म बनाइसक्ने आश्वासन दिएको जानकारी दिँदै उनी भन्छन्, ‘भोलिबाटै काम नगरे स्थानीयले अझैँ केही दिन बन्द गर्छन् ।’

यो सडक सिएम कन्टक्सनले कालोपत्रे गर्न ठेक्का पाएको थियो । केही समयअघि गोदावरीको बाँडेगाँउदेखि बसपार्कसम्म १६ मिटर कालोपत्रे भइसकेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ११ : ५५ बजे

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ

संसद् फर्काउन कांग्रेसले दिएको रिटमाथि सकियो सुनुवाइ, आदेशको प्रतिक्षा

काठमाडौं- गत भदौ २७ गते विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर