एकअर्कासँग भिड्दै रणवीर र दीपिका « Khabarhub

एकअर्कासँग भिड्दै रणवीर र दीपिका


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता रणवीर कपूर लामो समयदेखि आफ्नो कुनै पनि फिल्म लिएर दर्शकमाझ आएका छैनन् । उनको पछिल्लो फिल्म ‘संजु’ ब्लकबस्टर भएको थियो । जसमा उनले सञ्जय दत्तको भूमिका निभाएका थिए ।

यो फिल्मपछि उनका फ्यानहरु रणवीरको नयाँ फिल्मलाई लिएर व्यग्र प्रतिक्षामा छन् । समाचारअनुसार रणवीर आफ्नो नयाँ रोमान्टिक कमेडी फिल्म लिएर दर्शकमाझ आउदैछन् । यो फिल्म सन् २०२३ को जनवरी २६ मा रिलिज हुँदैछ । यो फिल्मलाई लव रञ्जनले बनाएका हुन् । रणवीर र श्रद्धा कपुर अभिनित फिल्मको सुटिङ पुरा भइसकेको छ ।

रणवीर र श्रद्धाकाे फिल्म भारतीय गणतन्त्र दिवस विकमा रिलिज हुँदैछ । यही मितिमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्सन फिल्म ‘फाइटर’ पनि रिलिज हुँदैछ । ‘फाइटर’का निर्देशक सिद्धार्थ आनन्द हुन् । जो ठूलो बजेटको एक्सन फिल्म बनाउन चिनिन्छन् ।

व्यापार विश्लेषकहरु रणवीर र दीपिकाको फिल्मबीच हुन लागेको व्यापार युद्धले फिल्म उद्योगलाई नोक्सान हुने दाबी गरिरहेका छन् । रणवीर र दीपिका अभिनित फिल्म थिएटरमा एकसाथ रिलिज हुन लागेकाे यो पहिलोपटक हो । रणवीर र दीपिका बलिउडका रुचाइएका कलाकार हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : ४० बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा