जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न अपिल « Khabarhub

जस्टिनलाई साउदीमा कन्सर्ट नगर्न अपिल


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक भास्कर)– पप स्टार जस्टिन बीबर आगामी महिना साउदी अरबमा आफ्नो प्रस्तुति दिँदैछन् । तर यो कार्यक्रममा आफ्नो प्रस्तुति नदिनका लागि उनलाई अपिल भइरहेको छ । यस्तो अपिल दिवंगत पत्रकार र साउदी अरब शासनका आलोचक जमाल खशोगीकी मंगेतरले गरेकी छन् ।

साउदीमा जमालको हत्या भएको थियो । जसको आरोप साउदी अरब सरकारलाई लागेको छ । यहीकारण खशोगीकी मंगेतर हेटिस केंगिजले जस्टिनलाई एक खुला पत्र लेख्दै साउदीमा आफ्नो प्रस्तुति नदिन आग्रह गरेकी छन् । जस्टिन डिसेम्बर ५ मा साउदी अरबको जेद्दाह शहरमा फर्मुला वन रेसमा आफ्नो प्रस्तुति दिँदैछन् ।

द वासिङटन पोस्टले हेटिसको खुला पत्रलाई प्रकाशन गरेको छ । ‘म जस्टिन बीबरसँग आग्रह गर्दछु कि उनी साउदीमा हुने आफ्नो कार्यक्रमलाई रद्द गरेर विश्वलाई एउटा शक्तिशाली सन्देश दिनुहोस् । तपाईं आफ्नो नाम र प्रतिभाको प्रयोग यस्तो शासनको प्रतिष्ठानको वर्णन गर्नका लागि नगर्नुहोस्, जो आफ्नो आलोचकहरुलाई मार्छन् । तपाईं जमालको हत्याराका लागि गीत नगाउनुहोला । कृपया मोहम्मद बिन सलमानको निन्दा गर्नुहोस्, किनकी तपाईंको स्वर करोडौं मानिसहरुले सुन्छन्’, उनले लेखेकी छन् ।

आलोचक र पत्रकार जमाल खशोगीको हत्यापछि सन् २०१८ तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा एक खुफिया रिपोर्ट सार्वजनिक गरिएको थियो । जसमा जमालको हत्याको आरोप साउदी अरबका युवराज मोहम्मद बिन सलमानमाथि लगाइएको थियो । यद्यपि मोहम्मदले यो आरोप अस्वीकार गरेका थिए ।

एफवान रेसको म्यूजिक कार्यक्रमका लागि र्‍यापर एएसएपी र की, डीजे डेविड गुएटा, टिएस्टो र गायक जेसन डेरुलोको नाम पनि छ । सन् २०१८ अक्टोबरमा टर्कीमा साउदी एजेण्टले खशोगीको हत्या गरेपछि साउदी अरबमा मारिया केरीले प्रस्तुति दिएकी थिइन् । उनलाई पनि कार्यक्रम बहिस्कारका लागि अपिल गरिए पनि उनले मानेकी थिइनन् ।

सन् २०१९ मा पप स्टार निकी मिनाजले जेद्दाहमा एक सांगीतिक कार्यक्रममा प्रस्तुति दिने तयारी भइरहँदा अन्तिम समयमा आएर त्यो रद्ध गरिएको थियो । जमाल खशोगी साउदी अरब मूलका एक अमेरिकी पत्रकार थिए । उनी साउदी सरकारको आलोचना गर्दै लेख लेख्थे । त्यहीकारण उनको हत्याको आरोप साउदी अरबमाथि लगाइएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : २६ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.