१८ वर्षमाथिका सबैलाई खोप लगाइँदै « Khabarhub

१८ वर्षमाथिका सबैलाई खोप लगाइँदै


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो ।

खोपको आयात पर्याप्त भएकाले सबैलाई नियमित खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी चैत मशान्तसम्म सबै लक्षित सूमहलाई खोप लगाइसक्ने लक्ष्यअनुसार १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाउन सुरु गरिएको जनाएको छ ।

आगामी पुस मशान्तसम्म लक्षित समूहका २ तिहाइलाई खोप लगाइसक्ने सरकारले लक्ष्य लिएको छ ।
हालसम्म कूल जनसङ्ख्याको ३० प्रतिशतलाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोज प्रदान गरिएको छ।

काठमाडौँमा नियमित खोपका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, नक्सालस्थित नेपाल प्रहरी अस्पताल, कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कस्थित लोत्से भवन र जडीबुडीको जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिने भएको छ।

यस्तै देशका अन्य जिल्लाहरुमा नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सूचना जारी गरेको छ । भेरोसेल र एस्ट्राजेनेकाको खोप लगाइने भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ३३ बजे

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न

माघी पर्वले राष्ट्रिय एकतामा योगदान पुर्‍याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,