ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो « Khabarhub

ए डिभिजन लिग : विभागीय डर्बी बराबरीमा सकियो


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेलेका छन् । लिगको पहिलो खेलमै साविक उपविजेता आर्मीले ३ अंक लिने मौका गुमाएको छ ।

तीन पटकको च्याम्पियन पुलिसलाई खेल अवधिभर दबाबमा राखेको आर्मीले दोस्रो हाफको सुरुआतमै गोल खाएको थियो । आर्मीका राइट ब्याक गौतम श्रेष्ठले ५०औं मिनेटमा विपक्षी टोलीका बुद्ध बल तामाङलाई फाउल गरेसँगै पुलिसले फ्रिकिक पाएको थियो । तामाङले ५१औं मिनेटमा दायाँतर्फबाट प्रहार गरेको फ्रिकिकमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले हेडमार्फत गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाएका थिए ।

त्यसको ११ मिनेट नबित्दै आर्मीका सब्स्टिच्युट खेलाडी विवेक बस्नेतले पेनाल्टी एरियाको ठिक अगाडिबाट बराबरी गोल फर्काएका थिए । पुलिसविरुद्ध १–० ले पछि परेसँगै पुलिसको रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको आर्मीले गोलपछि पनि लगातार गोलका लागि प्रयास गरेको थियो ।

सुरूआतमा ठूला मौका सृजना हुन नसके पनि १०औं मिनेटमा आर्मीका फरवार्ड जर्ज प्रिन्स कार्कीले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार टार्गेटमा थिएन । १४औं मिनेटमा जर्ज प्रिन्स गरेको सुन्दर क्रसमा आर्मीका कप्तान भरत खवासले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार बाहिरिएको थियो । जर्ज प्रिन्सले बायाँतर्फबाट दिएको डेलिभरलाई कप्तान भरतले कन्भर्ट गर्न नसक्दा आर्मीले अग्रता लिने मौका गुमाएको थियो ।

सुरुआती २९ मिनेटसम्म आर्मीविरुद्व दबाबमा परेको पुलिसका लागि १८औं मिनेटमा सुमन लामाले करिब ३० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारको नजिकैबाट बाहिरिएको थियो । पुलिसका अन्जन राईले २२औं मिनेटमा आर्मीका मिडफिल्डर सन्तोष तामाङमाथि खराब फाउल गर्दै फ्रिकिक दिएका थिए । तर, जर्ज प्रिन्सले १८ यार्ड बक्स ठिक अगाडिबाट गरेको फितलो प्रहारले पुलिसको डिफेन्सिभ वालसमेत पार गर्न सकेन ।

आर्मीका सेसेहाङ आङ्देम्बेले ४३औं मिनेटमा करिब ३५ यार्ड टाढाबाट गरेको सशक्त प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले बचाएका थिए । २०७६ सालमा भएको लिगको अन्तिम संस्करणमा आर्मीले पुलिसविरुद्ध ४–२ को रोमाञ्चक जित निकालेको थियो । त्यो नाटकीय खेलको ७६औं मिनेटसम्म २–१ गोलको नतिजामा पछाडि परेको आर्मीले निर्धारित समयको बाँकी १३ मिनेटमा तीन गोल ठोकेको थियो ।

यद्यपि, यसपालि भने कम आकेको पुलिसविरुद्ध आर्मीले तीन अंक जोड्न सकेन । पुलिसले भने उपाधि दावेदार मानिएको आर्मीसँग १ अंक खोसेको छ । खेलको म्यान अफ दि म्याच आर्मीका मिडफिल्डर सेसेहाङ आङदेम्बे भए ।

शुक्रबारबाट सुरू भएको लिगको जारी संस्करणमा यो तेस्रो बराबरी हो । यसअघि उद्घाटन खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्बलले गोलरहित बराबरी खेलेका थिए ।

यस्तै, शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेलेका थिए । शनिबारको दोस्रो खेलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबमाथि ३–० को फराकिलो नतिजामा पराजित गरेका थियो । आइतबार भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफविरुद्ध ३–२ तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्बलले जावलाखेलमाथि १–० को संघर्षपूर्ण जित निकालेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : २० बजे

टंक र अशोकबीच झगडा भएको हो ? किन छुट्टिएर फर्किए झापा ?

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीले ८ वर्षअघि झापाको

प्रधानमन्त्रीसँग ज्ञानेन्द्र शाहीले उठाए कर्णालीको विकासका ९ मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति भण्डारीले लिइन् अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने

सर्वोच्चले दिएन रमेश लेखकको पक्षमा आदेश, हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै