नेप्सेमा सामान्य वृद्धि | Khabarhub Khabarhub

नेप्सेमा सामान्य वृद्धि


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आइतबार गिरावट आएको शेयर बजार सोमबार भने सुधारिएको छ । शेयर बजार मापक नेप्से सोमबार सामान्य वृद्धि भएको छ । सोमबार नेप्से ७.९० अंकले वृद्धि भएको छ । सोमबार नेप्से २ हजार ७६५.४३ अंकमा पुगेको छ । आइतबार नेप्से परिसूचक १.।६० अंकले घटेर २ हजार ७५७.५३ अंकमा झरेको थियो । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक सेन्सेटिभ इण्डेक्स १.२१ प्रतिशत घटेर ५१९.४६ अंक भएको छ । त्यस्तै फ्लोट इण्डेक्स ०.३४ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६ अंकले बढेको छ ।

सोमबार कारोबारमा आएका २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता शेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूह मध्ये पाँच उपसमूहको शेयर मूल्य गिरावट आएको छ भने अन्य ८ उपसमूहमको मूल्य बढेको छ । जसमा बैंकिङ समूहको २.८९ अंक, ट्रेडिङ १५.८३ , होटल तथा टुरिजम १४९.७६, जलविद्युत १०.९२, निर्जीवन बीमा ९९.४८ बढेको छ ।

त्यस्तै, माइक्रोफाइनान्स १४.५७ , जीवन बीमा समूहको उपसूचक ७.०८,विकास बैंक ३४.९९ , उत्पादन तथा प्रशोधन २४.९१ अंकले घटेको छ । सबै पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमबार पनि सबै भन्दा धेरै मूल्य बढ्ने कम्पनीमा मानुषी लद्युवित्त वित्तीय संस्था छ । मानुषीको शेयर १० प्रतिशतले बढेको छ ।

त्यस्तै, चन्द्रगिरी हिल्स, एनआईबील प्रगति फन्ड, खानीखोला हाइड्रो पावर र नेपाल इन्स्योरन्सको शेयर मूल्य बढेको छ । त्यस्तै सबै भन्दा धेरै शेयर मूल्य गिरावट हुने तेह्रथुम पावर कम्पनी, कालिका पावर कम्पनी, सगरमाथा इन्स्योरेन्स र रिलायन्स फाइनान्स कम्पनी रहेका छन् । कारोबार रकमका आधारमा आज महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको ३४ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, नेपाल दूरसञ्चार कम्पनीको २९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : २० बजे

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी

विश्वकप छनोट : जर्मनीले स्लोभाकियालाई ६-० ले हरायो

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा जर्मनीले स्लोभाकियामाथि

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

बागलुङ– दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । २०७७ सालदेखि