प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो (नियमावलीसहित) « Khabarhub

प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो (नियमावलीसहित)


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको छ ।

मुद्दाको पेशी प्रधानन्यायाधीशले आफ्नो तजविजीमा तोक्दै आएकोमा अब गोलाप्रथाबाट पेशी सूचीकरण हुने भएको छ ।

यही मंसिर २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको फुलकोर्ट बैठकले प्रधान्यायाधीशको अधिकार कटौती गर्ने गरी नियमावली संशोधन गरेको थियो । सो संशोधन सोमबार राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुने भएको हो । अब सबै अदालतमा गोलाप्रथाबाट पेशी तोकिने छ ।

न्यायालय सुदृढीकरणको बाधक प्रधान्यायाधीश राणा भएको भन्दै सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन् भने नेपाल बार एसोसिएसनले राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । आन्दोलनकैबीचमा फुलकोर्टको बैठक बसेर प्रधानन्यायाधीशको अधिकार कटौती गर्नेगरी नियामवली संशोधनको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : १६ बजे

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि