चोलेन्द्रलाई बाध्यतावश प्रधानन्यायाधीश पदमा अनुमोदन गर्‍यौँ : सुनुवाइ समिति सभापति कर्ण (भिडियो) « Khabarhub

चोलेन्द्रलाई बाध्यतावश प्रधानन्यायाधीश पदमा अनुमोदन गर्‍यौँ : सुनुवाइ समिति सभापति कर्ण (भिडियो)


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले चोलेन्द्र शमशेर राणालाई बाध्यतावश प्रधानन्यायाधीश पदमा अनुमोदन गरेको बताएका छन् ।

सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा सभापति कर्णले सर्वोच्च अदालतलाई नेतृत्वबिहीन नबनाउन चोलेन्द्रलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्न बाध्य भएको धारणा राखेका हुन् ।

‘उहाँमाथि थुप्रै प्रश्न उठेका थिए । तर अदालतलाई नेतृत्वविहीन बनाउन नहुने कुरा आयो । उहाँभन्दा अरु पात्र पनि थिएनन् । ३ वर्ष पूरा गरेको क्यान्डिडेट अरु थिएन । हामी अनुमोदन गर्न बाध्य भयौं,’ कर्णले भने, ‘पहिले नसोचेको कुरा अहिले आएर भयो ।’

लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतकसमेत रहेका कर्णले आफू २०६३ सालदेखि नै संसदीय सुनुवाइ समितिमा सदस्यका रुपमासमेत रहँदै आएको उल्लेख गर्दै चोलेन्द्र न्यायाधीश हुँदा पनि प्रश्न उठेको बताए । ‘उहाँ न्यायाधीश हुँदा पनि सुनुवाइमा बसेको हो । उहाँमाथि त्यतिबेला पनि प्रश्न उठेकै हो,’ उनले भने ।

कर्णले प्रधानन्यायाधीश कुनै ठूलो पद नभएको र एउटा संस्थाको लिडरले त्यसको गरिमा राख्नुपर्नेमा जोड दिए ।

‘एउटा नेतृत्व जाँदैमा समस्या समाधान हुँदैन । तर न्यायालयमा प्रमुखमाथि अभियोग लागेपछि छोड्ने परम्परा रहेछ । उहाँमाथि अदालतको परिवार मानिने बारबाटै अभियोग लागेको छ । संस्था जोगाउने कुरा ठूलो हो । उहाँले प्रश्न उठेपछि परम्पराअनुसार छोड्नुपर्ने हो,’ उनले भने ।

बारले लोसपालाई पनि ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ५ : ३५ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं