दैलेखमा प्रेमप्रकाश शाहीले त्यागे देउवा समूह « Khabarhub

दैलेखमा प्रेमप्रकाश शाहीले त्यागे देउवा समूह


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नेपाली कांग्रेसको महाधिवेश प्रतिनिधिका लागि सोमबार देशका ६० जिल्लामा चुनाव भइरहेको छ । केही जिल्लामा सोमबार मतदान भएको छ भने केही जिल्लामा मंगलबार मतदान हुँदैछ । यहीबीचमा नेताहरुले समूह परिवर्तनलाई पनि तिब्रता दिएका छन् ।

यसैक्रममा दैलेखका युवा नेता प्रेमप्रकाश शाहीले देउवा समूह त्यागेका छन् । उनले सोमबारदेखि आफू पौडेल समूहमा खुलेको बताए । दैलेख क्षेत्र नम्बर २ का नेता शाहीले क्षेत्रीय सभापतिमा मात्रिका रिजालको प्यानललाई सहयोग गर्ने बताए । उनी सोही प्यालनबाट खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत बनेका छन् ।

देउवा समूहबाट सो क्षेत्रमा भरत रिजाल सभापतिको उम्मेदवार छन् । नेता शाही लामो समयदेखि देउवा समूहमा थिए । उनी विद्यार्थी राजनीतिमा पनि देउवा समूहमै थिए । नेविसंघको पूर्व सहमहामन्त्री हुँदा पनि उनी तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक निकट थिए । उनी यसअघि पनि महाधिवेशन प्रतिनिधि थिए भने आठविस नगरपालिकाको चुनावमा मेयर लडेका थिए ।

हालै सम्पन्न प्रदेश क्षेत्रीय अधिवेशनमा दुबै प्रदेश क्षेत्रमा देउवा समूहले प्यानलै जित हात पारेको थियो । तर, शाहीले समूह परिवर्तन गरेपछि पौडेल समूहलाई सहज हुने बताइएको छ । दैलेखमा २ वटा प्रतिनिधिसभा क्षेत्र रहेकोमा एकमा पौडेल र दुईमा देउवा समूह बलियो देखिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : १९ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा