दैलेखमा प्रेमप्रकाश शाहीले त्यागे देउवा समूह « Khabarhub

दैलेखमा प्रेमप्रकाश शाहीले त्यागे देउवा समूह


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख– नेपाली कांग्रेसको महाधिवेश प्रतिनिधिका लागि सोमबार देशका ६० जिल्लामा चुनाव भइरहेको छ । केही जिल्लामा सोमबार मतदान भएको छ भने केही जिल्लामा मंगलबार मतदान हुँदैछ । यहीबीचमा नेताहरुले समूह परिवर्तनलाई पनि तिब्रता दिएका छन् ।

यसैक्रममा दैलेखका युवा नेता प्रेमप्रकाश शाहीले देउवा समूह त्यागेका छन् । उनले सोमबारदेखि आफू पौडेल समूहमा खुलेको बताए । दैलेख क्षेत्र नम्बर २ का नेता शाहीले क्षेत्रीय सभापतिमा मात्रिका रिजालको प्यानललाई सहयोग गर्ने बताए । उनी सोही प्यालनबाट खस आर्य कोटाबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवारसमेत बनेका छन् ।

देउवा समूहबाट सो क्षेत्रमा भरत रिजाल सभापतिको उम्मेदवार छन् । नेता शाही लामो समयदेखि देउवा समूहमा थिए । उनी विद्यार्थी राजनीतिमा पनि देउवा समूहमै थिए । नेविसंघको पूर्व सहमहामन्त्री हुँदा पनि उनी तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक निकट थिए । उनी यसअघि पनि महाधिवेशन प्रतिनिधि थिए भने आठविस नगरपालिकाको चुनावमा मेयर लडेका थिए ।

हालै सम्पन्न प्रदेश क्षेत्रीय अधिवेशनमा दुबै प्रदेश क्षेत्रमा देउवा समूहले प्यानलै जित हात पारेको थियो । तर, शाहीले समूह परिवर्तन गरेपछि पौडेल समूहलाई सहज हुने बताइएको छ । दैलेखमा २ वटा प्रतिनिधिसभा क्षेत्र रहेकोमा एकमा पौडेल र दुईमा देउवा समूह बलियो देखिएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : १९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले