विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित « Khabarhub

विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७९ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा मात्रै एक लाख ७३ हजार ४८२ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसैगरी बेलायतमा ९० हजार ६२९, फ्रान्समा ७२ हजार ८३२, स्पेनमा ४९ हजार ८२३, जर्मनीमा ३५ हजार ४९, रुसमा २५ हजार ९०७ र टर्कीमा १९ हजार ८५९ जना थपिएका छन् ।

निको हुनेमा जर्मनीमा ६५ हजार ५००, अमेरिकामा ६३ हजार ४३२, फ्रान्समा ४९ हजार ३८६, बेलायतमा ४६ हजार ५५७, रुसमा ४० हजार २१९ र टर्कीमा २५ हजार ५३२ जना छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ६५ लाख ५३ हजार २७० पुगेको छ । तीमध्ये २४ करोड ७९ लाख ९८ हजार ३७ जना निको भइसकेका छन् भने ५३ लाख ८४ हजार ४१४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ४५ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका