अफगानिस्तानका बालबालिकालाई युनिसेफको सहयोग « Khabarhub

अफगानिस्तानका बालबालिकालाई युनिसेफको सहयोग


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राष्ट्रसंघ अन्तर्गतको बालबालिकासम्वन्धी निकायले अफगानिस्तानका हजारौँ बालबालिकालाई विभिन्न सहयोग उपलब्ध गराइएको जनाएको छ ।

राष्ट्रिसंघीय निकाय युनिसेफले सन् २०२१ को ११ महिनामा उनीहरुको आवश्यकता अनुसारका विभिन्न सहयोगहरू उपलब्ध गराइएको जनाएको हो ।

जाडो मौसम आउनुअघि नै जाडोको समयमा आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराइएको युनिसेफका अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यही सन् २०२१ को जनवरी देखि नोभेम्बरसम्ममा दुई लाख ९५ हजारभन्दा बढी बालबालिकालाई कुपोषणबाट बच्न सहयोग गर्ने सामग्रीहरु वितरण गरिएको युनिसेफले जनाएको छ ।

युनिसेफका अधिकारीहरुका अनुसार छ लाख ५३ हजारभन्दा बढीलाई खोप प्रदान गरिएको छ भने सात लाख ५८ हजार बालबालिकालाई अध्ययन अध्यापन सम्वन्धी सामग्रीहरू उपलब्ध गराइएको छ ।

त्यसैगरी २८ हजारभन्दा बढीलाई अत्यावश्यक मानवीय सहायताका लागि नगर रकम नै उपलब्ध गराइएको युनिसेफद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

द्वन्द्वबाट धेरै प्रभावित यस मुलुकमा युनिसेफले विभिन्न सहयोगका कार्यक्रमहरु लामो समयदेखि सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : १४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो