प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

सरकारले अघि बढाउने तयारी गरेको अमेरिकी सहयोग परियोजना एमसीसी भने कार्यसूचीमा परेको छैन ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ। मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।

नेकपा एमालेले नवौँ अधिवेशनदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ । आफूहरूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ। एमालेको अवरोध आज पनि जारी रहनेछ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २४ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको