कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने « Khabarhub

कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ ।

यो समाचार तयार पार्दासम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

यो परिणामले देउवा प्यानलबाट दुई तिहाइभन्दा बढी उम्मेदवारहरुको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा देउवा प्यानलको वर्चश्व देखिएको छ ।

कांग्रेसमा १३ पदाधिकारीसहित १३४ पदमा निर्वाचन भएको थियो । महाधिवेशनको उद्घाटन २४ मंसिरमा भएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ३२ बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी