घानाको संसदमा सांसदहरूबीच मुक्का हानाहान « Khabarhub

घानाको संसदमा सांसदहरूबीच मुक्का हानाहान


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – विद्युतीय कारोबारमा कर लगाउने विषयमा सरकारको प्रस्तावपछि घानामा सांसदहरूबीच मुक्का हानाहान भएको छ । प्रस्तावका समर्थक र विपक्षी सांसदहरूबीच मुक्का हानाहान भएको हो ।

प्रस्तावका पक्षमा मतदानका लागि उठेका उपसभामुख जोसेप ओसी ओउसुलाई विपक्षी सांसदहरुले रोकेर घेराउ गरेपछि विवाद चर्किएको थियो । उपसभामुखले बैठकको अध्यक्षता गरेका थिए । कुटाकुटपछि संसद् बैठक स्थगित गरिएको छ ।

प्रमुख विपक्षी नेसनल डेमोक्रयाटिक कंग्रेस (एनडीसी)ले विद्युतीय कारोबारमा १ दशमलब ७५ प्रतिशत कर लगाउने सरकारको प्रस्तावलाई अस्वीकार गरेको छ ।

सरकारको निर्णयले न्यून आय भएका मानिस र बैंकिङ क्षेत्रका मानिस प्रभावित हुने विपक्षीको भनाइ छ । अर्थमन्त्री केन ओफोरी आर्टाले करको दायरा बढाउनुपर्ने आवश्यक भएको बताएका छन् । कर वृद्धिले अर्को वर्ष थप एक अर्ब १५ करोड डलर राजस्व संकलन हुने उनको भनाइ छ ।

सांसदबीच भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : ४० बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने