अनमोल भन्छन्–म्यूजिक भिडियोमा अभिनय गर्न जरुरी छ जस्तो लाग्दैन « Khabarhub

अनमोल भन्छन्–म्यूजिक भिडियोमा अभिनय गर्न जरुरी छ जस्तो लाग्दैन


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कोभिड महामारी पछि नेपालमा सर्वाधिक फस्टाएको व्यवसाय भनेको म्यूजिक भिडियो नै हो भन्दा फरक नपर्ला । किनकी यो समयावधिमा कोभिडअघिको समय भन्दा बढी नै म्यूजिक भिडियो बने । भिडियोमा पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, पुजा शर्मालगायतका कलाकारहरुले अभिनय गरिरहँदा अभिनेता राजेश हमाल पनि भिडियोमा जोडिए । उनले झण्डै दर्जनको हाराहारी भिडियोमा अभिनय गरिसकेका छन् ।

भिडियोका मामलामा अभिनेता अनमोल केसी अपवाद छन् । अर्थात् उनले अहिलेसम्म कुनै पनि भिडियोमा आफ्नो उपस्थिति दर्शाएका छैनन् । नेपाल र अष्ट्रेलियामा रहेको एम्पायर एजुकेसनले बुधबार आफूलाई ‘ब्राण्ड एम्बेसडर’ घोषणा गरेपछि पत्रकारमाझ अनमोलले अहिलेलाई म्यूजिक भिडियो जरुरी नरहेको बताए । ‘नेपालमा म्यूजिक भिडियोको सुरुवात मेरो बुवाले नै गर्नुभएको हो । म म्यूजिक भिडियोलाई राम्रो मान्छु । फिल्ममा चारदेखि पाँचवटा गीत छ भने मैले अहिले नै म्यूजिक भिडियोमा काम गर्नुपर्छ भन्ने जरुरी लाग्दैन’, उनले भने ।

उनले ऐम्पायरसँगको सम्झौता ‘मनको सम्झौता’ रहेकाले सम्झौता अवधि यति नै हो भन्ने नभएको दाबी गरे । उनले विदेश जाने कुरा नराम्रो नरहेको भन्दै विदेशमा गएर सिकेका ज्ञानलाई नेपालमा फर्किएर उपयोग गर्न युवाहरुलाई आव्हान गरे ।

कार्यक्रममा एम्पायरका प्रबन्ध निर्देशक स्वतन्त्रप्रताप शाहले १५ वर्षकाे इतिहास बाेकेकाे एम्पायरले अनमाेललाई एम्बेसडर बनाउन पाउदा खुशी लागेकाे बताए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : १३ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त