न्याय सेवा आयोगको बैठक स्थगित | Khabarhub Khabarhub

न्याय सेवा आयोगको बैठक स्थगित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार दिउँसोका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । न्यायापरिषद् सचिवालयका प्रवक्ता मानवबहादुर कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् ।

न्याय सेवा आयोगका सदस्य लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौँ बाहिर भएकाले बैठक स्थगित भएको जनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन चलिरहेका बेला प्रधानन्यायाधीश राणाले जिल्ला न्यायाधीशहरुको लिखित नतिजा प्रकाशित गर्ने प्रयोजनका लागि बैठक बोलाएका थिए ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो । लोक सेवा आयोगले लिखित परीक्षा लिइसकेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : ४० बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको