न्याय सेवा आयोगको बैठक स्थगित « Khabarhub

न्याय सेवा आयोगको बैठक स्थगित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । बुधबार दिउँसोका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको हो । न्यायापरिषद् सचिवालयका प्रवक्ता मानवबहादुर कार्कीले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् ।

न्याय सेवा आयोगका सदस्य लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौँ बाहिर भएकाले बैठक स्थगित भएको जनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन चलिरहेका बेला प्रधानन्यायाधीश राणाले जिल्ला न्यायाधीशहरुको लिखित नतिजा प्रकाशित गर्ने प्रयोजनका लागि बैठक बोलाएका थिए ।

आयोगले २०७८ साउन १९ गते आन्तरिक, महिला, खुला, आदिवासी जनजाति र मधेसी गरी १८ जिल्ला न्यायाधीशको विज्ञापन गरेको थियो । लोक सेवा आयोगले लिखित परीक्षा लिइसकेको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : ४० बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण