कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने | Khabarhub Khabarhub

कांग्रेस प्रदेश २ को चुनाव भोलि हुने


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले आजै निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर पक्षले भोलि विहान मतदान गर्न माग गरेपछि मतदान बिहीबार बिहान ८ बजे सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म सुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले आजै मतदान गर्नु पर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ७ : ३१ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या