बारको कार्यक्रममा कानूनमन्त्री बडुले भने : सरकार सजग छ | Khabarhub Khabarhub

बारको कार्यक्रममा कानूनमन्त्री बडुले भने : सरकार सजग छ


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयको विवादप्रति सरकार सजग रहेको बताएका छन् ।

बुधवार नेपाल बार एसोसिएसनको ६५ औँ बार दिवस कार्यक्रममा सहभागी भएका मन्त्री बडुले बारले गरिरहेको आन्दोलनको विषयमा सरकार सजग र जानकार रहेको बताए।

उनले भने, ‘सरकार आफ्नो भूमिका र उचित निर्णयप्रति सरकार सजग छ ।’ विकृति विसङ्गतिरहित न्यायालयको चाहाना बारको मात्र नभएर सम्पूर्ण नेपाली जनताको रहेको उनले बताए ।

नेपाल बारका कानून व्यवसायहरुले करिब दुई महिनादेखि सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

यसै सन्दर्भमा बारले बुधबार ६५ औँ बार दिवसको अवसरमा ‘विकृति विसङ्गति मुक्त न्यायपालिका ः बारको भूमिका’मा एक दिवसीय गोष्ठी गरेको थियो । वरिष्ठ अधिवक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
सबै कानून व्यवसायीहरुको भनाइको मुख्य आशय न्यायलयलाई भ्रष्टाचार मुक्त बनाउन प्रधानन्यायाधीश जबराको बर्हिगमन पहिलो आवश्यकता रहेको भन्ने थियो ।

कार्यक्रममा बोल्दै नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको बर्हिगमन नभएसम्म बारको आन्दोलन जारी रहने बताए ।

न्यायालय सुधार गर्न बारले आन्दोलन गरेको भन्दै न्यायालय भ्रष्टाचार मुक्त र शुद्ध न्यायापालिका नभएसम्म बार चुप लागेर नबस्ने उनले बताए ।

महान्यायाधिवक्ता खम्मबहादुर खातीले बारको भूमिकालाई कसैले नकार्न नुहुने बताए । बारको धैर्यतालाई राजनीतिक दल र सरकारले कमजोरी ठान्न नुहुने उनको भनाइ छ ।

बारको आन्दोलनलाई सफल बनाउन आफ्नो तर्फबाट गर्न सकिने सबै प्रयास गर्ने उनले बताए ।

बारका पूर्वअध्यक्ष एव्म वरिष्ठ अधिवक्ता शम्भू थापाले बारको आन्दोलनलाई लिएर राजनीतिक दलहरुले कानून व्यवसायीहरुलाई धेरै खेलाएको बताए । बारको आन्दोलको सफलता र असपलता कानून मन्त्रीको उपस्थितिमा हुने भएकाले न्यायापरिषद्को बैठकमा नबस्न पनि थापाले मन्त्री बडुलाई आग्रह गरे ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष रामचन्द्र सिम्खडाले न्यायालयमा भइरहेको भ्रष्टाचार, विकृति विसङ्गतिलाई राजनीतिक दलहरुले हेरेर बस्न नमिल्ने बताए ।

न्यायालयको समस्या समान्य समस्या हो भनेर कहिलेसम्म चुप लागेर बस्ने ? उनले राजनीतिक दलहरुलाई प्रश्न गरे ।

नेपाल बारका पूर्वमहासचिव विजयप्रकाश मिश्रले प्रधानन्यायाधीश साँच्चिकै मन परेको हो र उनले सही गरिरहेका छन् भने राजनीतिक दलदेखि सबैले जबरा सही छन् भन्नुपर्ने नत्र बर्हिगमनको लागि अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘सर्वाेच्चमा गोला प्रणाली लागू हुनुभनेको न्यायालयमा गणतन्त्र आउनु हो , अबको केही महिनापछि उच्च अदालत र जिल्ला अदालतमा पनि यो प्रणाली लागू हुन्छ ।’

वरिष्ठ अधिवक्ता बाबुराम जोशीले प्रधानन्यायाधीश जबराको बर्हिगमनका लागि बारले गरेको आन्दोलनका कारण न्यायालयमा गोला प्रणाली लागू भएकाले आन्दोलन सान्दर्भिक भएको बताए । गोला प्रणाली लागू हुनुको श्रेय बारलाई जाने उनको भनाइ छ ।

बारले केका लागि र किन आन्दोलन गरिरहेको छ भन्ने कुरा राजनीतिक दलले बुझ्नुपर्ने भए पनि त्यस्तो नदेखिएको उनले बताए ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले न्यायालयभित्र भ्रष्टाचारको उद्योग खोलिएको बताए । उनका अनुसार उक्त उद्योग न्यायालयमा रक्सी कम्पनीले वितरकलाई बाँडे जसरी फैलिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा तयार गरिएको प्रतिवेदन लागू गर्नुपर्ने र कानून व्यवसायी भित्र रहेका विचौलियालाई पनि छु्ट्याउनुपर्ने उनले बताए ।

न्यायालयमा विवादले उग्ररुप लिँदा पनि राजनीतिक दलहरु केही नभए जसरी मौन बस्नु गलत भएको उनको भनाइ छ । संविधान बमोजिम कार्यान्वयन नभएकाले २०७२ सालको संविधान असफल भएको उनले बताए ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ०५ बजे

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्छु : गृहमन्त्री 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत

डेढ केजी अवैध सुन किनबेच गर्दागर्दै समातियो नेपाली र भारतीय गिरोह

अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि सक्रिय भएको उपत्यका अपराध

प्राधिकरणले काटेको बिजुली जोड्दै हर्क साम्पाङले भने– पोलको पैसा तिर

सुनसरी- नगरपालिकाले सडक बत्तीको महसुल नबुझाएको भन्दै विद्युत प्राधिकरणले ताकेता

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार