लोकलयमा ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ « Khabarhub

लोकलयमा ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत ‘यो ज्यान कठपुतली’सार्वजनिक भएको छ । लोकलयको गीतमा गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतमा फिल्मका दृश्यहरुलाई समेटिएको छ ।

गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा फिल्ममा देखाइएको छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पृथ्वी राना मगर निर्माता छन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

अष्ट्रेलियाका छायांकार जोएल फ्रुमले छायांकन गरेको फिल्ममा विशाल श्रेष्ठ, धर्म श्रेष्ठ र हेम थापा सह–निर्माता छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २९ बजे

विशाल लक्ष्यमा मुम्बईको जित : बने महत्त्वपूर्ण रेकर्ड

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सले ऐतिहासिक जित

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत १६ गते सोमबार चैत