सिरम इन्ष्टिच्युटमा लागेको आगोमा ‘एक हजार करोड’ को क्षती « Khabarhub

सिरम इन्ष्टिच्युटमा लागेको आगोमा ‘एक हजार करोड’ को क्षती


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)मा लागेको आगोमा ‘एक हजार करोड’ भारतीय रुपैयाँ बराबरको क्षति भएको छ ।

कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा बिहीबार भीषण आगलागी हुँदा पाँच जनाको मृत्यु भएको थियो ।

कम्पनीका कार्यकारी अधिकृत (सीईओ) अदार पुनावालाले आगलागीबाट हजार करोडभन्दा बढीको क्षति भएको जानकारी दिएका छन्।तर कोरोनाविरुद्ध खोपको आपूर्तिमा भने यसले कुनै असर नपरेको उनले प्रष्ट पारेका छन् ।

कम्पनीका सीईओ पुनावालाले भनेका छन्, ‘यसको असर कोरोनाविरुद्ध खोप उत्पादनमा पर्दैन। हामीले धेरै कारखानाबाट खोप बनाइरहेका छौँ ।’

यसैबीच सीईओ पुनावालाका पिता एवं कम्पनीका सीएमडी सायरस पुनावालाले आगालगीमा परी मृत्यु भएका पाँच जनाको परिवारका परिवारलाई जनही २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ०१ बजे

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला- मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस सङ्क्रमणका

रास्वपाले अघि बढायो स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट प्रक्रिया

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान