विपन्न बालबालिकालाई ज्याकेट « Khabarhub

विपन्न बालबालिकालाई ज्याकेट


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले ७८ जना बालबालिकालाई ज्याकेट वितरण गरेको छ ।

समुदायअन्तर्गतको ‘होप फर चिल्ड्रेन’ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो ।

चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित भएकाले उनीहरुलाई न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले जानकारी दिए ।

‘हामीले ती बालबालिकालाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गर्दै आएका छौँ’, वर्देवाले भने, ‘कोरोना महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध खडा भए पनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर कपडा उपलब्ध गराएका छौँ ।’

यता वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतस्थित सिर्जनशील टोल विकास समितिका अध्यक्ष नन्दा श्रेष्ठले चर्चले समाजमा गाह्रोसाह्रो परेका मान्छेलाई सहयोग गर्दै आएको र विपन्न बालबालिकालाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरेकोप्रति धन्यवाद व्यक्त गरे ।

यसअघि गत पुस २१ गते उक्त समुदायले सुर्खेत चिङ्गाड गाउँपालिका–६ पाम्कास्थित पुँडे भन्ने ठाउँमा पुगेर ४५ घरका राउटे परिवारलाई कम्बल वितरण गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ११ : १५ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल