आफूलाई किन ‘म्यारिड ब्याचलर’ भन्थे मिथुन ? « Khabarhub

आफूलाई किन ‘म्यारिड ब्याचलर’ भन्थे मिथुन ?


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता मिथुन चक्रवर्ती ८० को दशकका सुपरस्टार हुन् ।

फिल्म ‘प्यार झुकता नहीं’को सफलतापछि उनलाई अमिताभ बच्चनपछिको नयाँ सुपरस्टार भन्न थालियो । त्यो समयमा उनले एकैपटक ३६ वटा फिल्म साइन गरेका थिए । वर्षमा उनको १० देखि १२ फिल्म रिलिज हुन्थ्यो । यी सबै फिल्ममा एक्सन, नृत्यसँगै इमोसन थिए ।

फिल्म ‘प्यार झुकता नहीं’को सफलतापछि मिथुनलाई एक अन्तरवार्तामा ‘तपाईंको सफलताको श्रेय कसलाई दिनुहुन्छ ?’ भनी सोधिएको थियो । उनले ‘भाग्य’ उत्तर दिए । बिना भाग्य जतिसुकै प्रतिभावान कलाकार फिल्म उद्योगमा टिक्न नसक्ने उनको बुझाइ थियो ।

मिथुनको पहिलो फिल्म ‘मृगया’ थियो, जुन आर्ट फिल्म थियो । यसपछि उनी दुई वर्ष बेरोजगार भए । दुई वर्षपछि मात्र उनले लगातार फिल्म पाउन थाले, कतिपय फिल्म हिट भए । त्यो समयमा मिथुनको विवाह योगिता बालीसँग भएको थियो । उनीहरुको एक छोरा पनि थियो ।

तर मिथुनको नजर ‘जाग उठा इनसान’ को स्टार श्रीदेवीमाथि पर्‍यो । तर, श्रीदेवीलाई मिथुनको प्रेम र विवाहको बारेका केही थाहा थिएन । उनले जब यो कुरा थाहा पाइन्, त्यसपछि मिथुनको साथ छोडिन् ।

मिथुनको भने श्रीदेवीप्रतिको प्रेम उस्तै थियो । उनी आफूसँग काम गरेका अभिनेत्रीहरुसँग जोडिन चाहन्थे । चाहे त्यो रन्जीता होस् या पद्मिनी कोल्हापुरे । उनी आफू सबै अभिनेत्रीहरुसँग प्रेम गर्ने भए पनि आफ्नो नियत राम्रो रहेको बताउँथे । त्यहीकारण उनी आफूलाई ‘म्यारिड ब्याचलर’ मान्थे ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ११ : ३० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका