गृहजिल्ला जाँदै गरेका खेलकुद मन्त्री तामाङलाई बाटैमा अवरोध « Khabarhub

गृहजिल्ला जाँदै गरेका खेलकुद मन्त्री तामाङलाई बाटैमा अवरोध


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहजिल्ला सिन्धुपाल्चोक हिँडेका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बाटोमै अवरोध भएको छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक जाँदै गरेका मन्त्री तामाङलाई इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको छ।

बाटोमा अवरोध भएपछि मन्त्री तामाङ ४ घण्टादेखि मेलम्ची बजारमै रोकिएका छन्। मन्त्री तामाङ इन्द्रावती गाउँपालिका ५ स्थित ऐँसेलुखर्क कार्यकर्ता भेलामा सहभागी हुन हिँडेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी नेकपा अनौपचारिक विभाजन भइसकेपछि मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा पुगेका छन्। उनी गृहमन्त्री रामबहादुर थापा बादल निकटका हुन्।

सिन्धुपाल्चोकमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको पकड छ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १ : ४७ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड