वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन « Khabarhub

वाग्मतीबाट १० मेट्रिकटन फोहर व्यवस्थापन


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माघ महिनाको चिसो भए पनि बिहानै अभियानकर्मीले वाग्मती नदी किनारमा जम्मा भएर नदी सफाइ महाअभियानलाई निरन्तरता दिएका छन् ।

वाग्मती सफाइ महाअभियानको ४०२औँ हप्तामा आज मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । बिहान दुई घण्टा भएको सफाइमा करिब १०० जना अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले जानकारी दिए ।

सफाइबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । महानगरपालिकाले व्यवस्थापन गर्न गाडीमा राखेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको महाअभियानले जनाएको छ ।

सफाइमा आलोकनगरका अभियानकर्मीको पनि सक्रियता थियो । विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, मनोहरा, आलोकनगर, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा प्रत्येक हप्ताका शनिबार सफाइ गरिँदै आएको छ ।

वाग्मती सफाइ महाअभियानले ४०२ हप्ता पार गरे पनि वाग्मती आशातीत सफा हुन सकेको छैन । अझै पनि वाग्मतीको मुहान क्षेत्रमै ढल हाल्ने क्रम रोकिएको छैन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मेवारी पूरा गर्ने गरी कानूनीरुपमा सक्षम नबनाइएको गुनासो त्यहाँका पदाधिकारीले गर्दै आएका छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको वाग्मती सौन्दर्यीकरणको कार्यक्रम पनि समयमा सकिएको छैन । जग्गा मुआब्जा, नदी किनार कब्जा गर्दै अव्यवस्थित बसोवास गर्नेका कारण वाग्मती सौन्दर्यीकरणको काम समयमा हुन नसकेको हो ।

नयाँबानेश्वर र सिनामङ्गल क्षेत्रमा रहेका अव्यवस्थित बसोवासीसँग सहमति गरेर नै नदी सौन्दर्यीकरणको काम अघि बढाउन लागिएको अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेलले बताइन।

नागरिकस्तरबाट स्वयंसेवीरुपमा सफाइ जारी रहँदा सरकारी निकाय अधिकार सम्पन्न वाग्मती पनि नदीमा फोहर गर्नेलाई दण्ड, जरिवाना गर्न स्थानीय तहको सहयोग लिएर लाग्नुपर्ने अभियानकर्मीको माग छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  २ : १३ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक