पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको नेता भट्टराईको आरोप « Khabarhub

पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको नेता भट्टराईको आरोप


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीका नाममा ओली समूहले देशलाई लुटिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिस्ट स्कुल लोकार्पण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन ।

उनले संविधानमाथिको प्रश्नमा वकिलहरू व्यावसायिकता भनेर विचारबाट भाग्न नपाउने बताए । वकिलहरू कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यावसायिक धर्म भनी जान नमिल्ने बताए ।

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाइ मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकाले संविधानप्रति आफूहरूको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

नेता भट्टराईले ओली समूह अराजतीतिक बनेको भन्दै पार्टीको नाममा राज्यलाई लुटिरहेको समेत आरोप लगाएका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : २० बजे

कृषि तथा वन विज्ञान विश्वविद्यालय : अध्ययन बिदा छानबिन गर्न समिति गठन

चितवन– कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका शिक्षक तथा कर्मचारीले

अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) बाट

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य