प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : तेस्रो जितसँगै एपीएफ सेमिफाइनलमा


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा जित हात पार्दै विभागीय टोली एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ए अन्तर्गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै एपीएफ समूहको अन्तिम खेल अघि नै सेमिफाइनल पुगेको हो । लगातार तीन खेल जित्दै त्रिभुवन आर्मी यसअघि नै सेमिफाइनल पुगिसकेको छ ।

आर्मी र एपीएफको समान ६ अंक भए पनि नेट रनेटका आधारमा एपीएफ शीर्ष स्थानमा छ ।

पराजित कर्णाली भने समूह चरणबाटै बाहिरिएको छ । यसअघि नै प्रदेश १ र गण्डकी प्रदेश यस समूहबाट बाहिरिसकेका छन् । तीनवटै टिमले समूहमा समान १ खेल जित्दा ३ खेल हारेका थिए । अब आर्मी र एपीएफबीच सोमबार हुने खेलबाट समूह ए को विजेता र उपविजेता टुङ्गो लाग्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २१९ रनको लक्ष्य पछ्याएको कर्णालीले ४३.२ ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनाउन सकेको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ३४ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको