सहिद सप्ताह : शुक्रराज शास्त्रीको स्मरण गर्दै पचलीमा श्रद्धाञ्जली सभा « Khabarhub

सहिद सप्ताह : शुक्रराज शास्त्रीको स्मरण गर्दै पचलीमा श्रद्धाञ्जली सभा


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टेकु पचलीमा रहेको सहिद शुक्रराज शास्त्रीको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ ।

शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।

शुक्रराज शास्त्री जहानियाँ राणा शासनको विरुद्ध लड्ने चार सहिदमध्ये एक हुन् ।

शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राखे।

‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थिए। तर, उहाँहरुले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो। त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं’, मेयर शाक्यले थप्दै भने, ‘शहीदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ।’

श्रद्धाञ्जली सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो।

सहिद सप्ताह अन्तर्गत माघ १३ गते सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

त्यसैगरी माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी निकालेर सहिद स्मारक लैनचौर पुगी सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ३२ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल