महाकाली राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय गरेसँगै सवारी सञ्चालन « Khabarhub

महाकाली राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय गरेसँगै सवारी सञ्चालन


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ ।

महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।

बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गए राति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो ।

उनले भने भन्नुभयो, “उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान गर्दैछौँ ।”

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशङ्का गरिएको छ ।

यसैबीच गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ । सडकमा राखिएको बमका कारण बन्द भएका सवारी साधन पनि बम निष्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : १३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको