महाकाली राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय गरेसँगै सवारी सञ्चालन « Khabarhub

महाकाली राजमार्गमा भेटिएको बम सेनाद्वारा निष्क्रिय गरेसँगै सवारी सञ्चालन


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निष्क्रिय पारेको छ ।

महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले निष्क्रिय पारेको हो ।

बेवारिसे अवस्थामा फेला परी निष्क्रिय पारिएको उक्त शङ्कास्पद वस्तु डेक्ची बम रहेको बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

गए राति बीच सडकमा भेटिएको उक्त बमलाई दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो ।

उनले भने भन्नुभयो, “उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन, थप अनुसन्धान गर्दैछौँ ।”

नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशङ्का गरिएको छ ।

यसैबीच गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ । सडकमा राखिएको बमका कारण बन्द भएका सवारी साधन पनि बम निष्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन् । रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पु¥याएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : १३ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र