रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र