रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार « Khabarhub

रक्तश्राव नरोकिएपछि सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको