संसद विघटनको विषयमा कांग्रेसभित्र कुनै ‘फरक मत’ छैन : नेता पौडेल « Khabarhub

संसद विघटनको विषयमा कांग्रेसभित्र कुनै ‘फरक मत’ छैन : नेता पौडेल


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ससंद विघटनको विषयमा कांग्रेस एउटै लाइनमा रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता पौडेलले कांग्रेसले चुनाव बहिष्कार गर्ने भनेको नभइ संविधानमा टेकेर चुनावमा जान चाहेको बताए ।

उनले प्रधानमन्त्रीको प्रतिगामी र संविधानविरोधी कदम सच्याउनुको विकल्प नरहेको बताए ।

नेता पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताउँदै उनले भने, ‘मेरो राजनीतिक निर्णय भन्नु हुन्छ केपी ओली । यो राजनीतिक निर्णय राष्ट्रलाई जोगाउन हो कि ध्वस्त पार्न हो मेरो प्रश्न छ ?’, उनले भने, ‘राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?’

संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए ।

नेता पौडेलले प्रदेश–१ मा आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : २८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी