‘झिल्टुङ्ग क्रस कन्ट्री’ : सुमनले बनाए कीर्तिमान, महिलातर्फ हुमी पहिलो « Khabarhub

‘झिल्टुङ्ग क्रस कन्ट्री’ : सुमनले बनाए कीर्तिमान, महिलातर्फ हुमी पहिलो


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सुमन कुमल राई प्रथम भएका छन् भने महिलातर्फ हुमी बुढा मगर प्रथम भएकी छन् ।

शनिबार बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुषतर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दूरी पार गर्दै कीर्तिमान बनाएका हुन् । उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरेका छन् ।

यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दूरी पूरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पुरा गरे ।

महिलातर्फ प्रथम भएकी बुढामगर १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुवाथलनकी रजत पदक विजेता हुन् । उनले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरिन भने, दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् । एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरिन ।

महिला र पुरुषतर्फका विजेताले क्रमशः पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ (क) दोस्रो भइन् भने कल्पना श्रेष्ठ तेस्रो भइन् । उनीहरुले क्रमश पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।

यस्तै, स्थानीय विधाको पुरषमा प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए । झिल्टुङ्ग क्रस कन्ट्री दौडमा स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो भए । छात्रामा , विद्यालयका छात्र छात्रातर्फ दिपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भए । यहिँ विधाको छात्रामा सरस्वती बोहरा, रेश्तिना सितिखु, अन्जु खड्का क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।

विभिन्न ९ विधाका धावकहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले बेलकोटगढी नगरपालिकालाई चिनाउन मद्दत गरेको आयोजकको दाबी छ ।

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ३१ बजे

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि