'झिल्टुङ्ग क्रस कन्ट्री' : सुमनले बनाए कीर्तिमान, महिलातर्फ हुमी पहिलो | Khabarhub Khabarhub

‘झिल्टुङ्ग क्रस कन्ट्री’ : सुमनले बनाए कीर्तिमान, महिलातर्फ हुमी पहिलो


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौ झिल्टुङ्ग क्रस कन्ट्री च्याम्पियनसिपममा पुरुषतर्फ सुमन कुमल राई प्रथम भएका छन् भने महिलातर्फ हुमी बुढा मगर प्रथम भएकी छन् ।

शनिबार बेलकोटगढी नगरपालिका वडा नम्बर ५ मा भएको दौडमा पुरुषतर्फ प्रथम भएका राईले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले ५४ मिनेट ५५ सेकेन्ड ०९ मा १३.४ किलोमिटरको दूरी पार गर्दै कीर्तिमान बनाएका हुन् । उनले १३ औं सागका स्वर्ण पदक विजेता किरणसिंह बोगटीको ५६ मिनेटको कीर्तिमान भङ्ग गरेका छन् ।

यस्तै दोस्रो भएका आकाश राईले ५५ मिनेट ५८ दशमलब ५० सेकेन्डमा दूरी पूरा गरे भने तेस्रो भएका राजेन्द्र तामाङले ५९ मिनेट २० दशमलब ०४ सेकेन्डमा दुरी पुरा गरे ।

महिलातर्फ प्रथम भएकी बुढामगर १३ औं दक्षिण एसियाली खेलकुद सागमा दुवाथलनकी रजत पदक विजेता हुन् । उनले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दूरी पूरा गरिन भने, दोस्रो भएकी बन्दना राईले १ घण्टा १७ मिनेट ५८ सेकेन्डमा पुरा गरिन् । एपीएफकी आशा राउतले १ घण्टा २० मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गरिन ।

महिला र पुरुषतर्फका विजेताले क्रमशः पहिलो हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

आमा समुहतर्फ अघिल्लो वर्षकी विजेता सन्तुमाया श्रेष्ठ प्रथम भइन् भने विमला श्रेष्ठ (क) दोस्रो भइन् भने कल्पना श्रेष्ठ तेस्रो भइन् । उनीहरुले क्रमश पहिलो हुनेले १० हजार, दोस्रोले ६ हजार र तेस्रो हुनेले ४ हजार प्राप्त गरेका छन् ।

यस्तै, स्थानीय विधाको पुरषमा प्रज्वल लामिछाने प्रथम, नविन भण्डारी दोस्रो र दिनेश भण्डारी तेस्रो भए । झिल्टुङ्ग क्रस कन्ट्री दौडमा स्थानीय यु–१६ छात्रतर्फ दिनेश नेपाल, शिशिर तामाङ, अनिस भण्डारी पहिलो दोस्रो र तेस्रो भए । छात्रामा , विद्यालयका छात्र छात्रातर्फ दिपशिखा राई प्रथम भइन् भने अस्मीता दुलाल दोस्रो र सपना श्रेष्ठ तेस्रो भइन् ।

यस्तै, ४.५ किलोमिटर खुल्लातर्फ छात्रमा विश्वराम कुँबर प्रथम भए भने उदय लिम्बु दोस्रो र प्रविण लम्लीङ्ग तेस्रो भए । यहिँ विधाको छात्रामा सरस्वती बोहरा, रेश्तिना सितिखु, अन्जु खड्का क्रमशः पहिलो दोस्रो र तेस्रो भए ।

विभिन्न ९ विधाका धावकहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले बेलकोटगढी नगरपालिकालाई चिनाउन मद्दत गरेको आयोजकको दाबी छ ।

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ३१ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड