पेट दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार « Khabarhub

पेट दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि । घरमै उपलब्ध हुने औषधीहरुबाट हामी यस्ता रोगहरुलाई भगाउन सक्छौँ ।

घरेलु उपचार

—     हर्रोलाई घ्यूमा भुटी त्यसलाई पिसेर धुलो बनाउनुहोस् । हर्रोको धूलो २ ग्राम तातो पानीमा मिलाई सेवन गर्नाले पेटमा भएको ग्यास बाहिर निकाली पेट दुखाई निको गराउँदछ ।

—     १ चम्चा जिरा पिसेर त्यसलाई चिनी वा मिश्रीमा मिलाई खानाले पेट रोग निको हुन्छ ।

—     साँफ र सेतो नुन बराबर मात्रामा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

—     दुई चम्चा मुलाको रसमा ३/४ दाना कालो मरिच पिसेर मिलाउनुहोस् र फेरि यसमा एक चिम्टी नुन मिलाई सेवन गर्नुहोस् जसले पेटको दुखाइलाई आरमपूर्वक मेटाइदिन्छ ।

—     थोरै हिङ नाइटोको वरिपरि लगाउनाले पनि पेट रोग निको हुन्छ ।

—     पोको जामुनको ३/४ चम्चा रस सेवन गर्नाले पेट रोग निको हुन्छ ।

—     एक चम्चा अजवायन, एक चिम्टी हिङ पाउडर र दुई चिम्टी कालो नुन तातोपानीमा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

—     ४/५ वटा अम्बाका पातहरु पानीमा मिलाई पिसेर सेवन गर्नाले पेट रोग निको हुन्छ ।

साभार – ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५९ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको