पेट दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार « Khabarhub

पेट दुखेर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेट सम्बन्धी रोगहरुमा धेरै प्रकारका रोगहरु पर्दछन् जस्तै अपच हुनु, कब्जियत हुनु, अमलपित्त आदि । घरमै उपलब्ध हुने औषधीहरुबाट हामी यस्ता रोगहरुलाई भगाउन सक्छौँ ।

घरेलु उपचार

—     हर्रोलाई घ्यूमा भुटी त्यसलाई पिसेर धुलो बनाउनुहोस् । हर्रोको धूलो २ ग्राम तातो पानीमा मिलाई सेवन गर्नाले पेटमा भएको ग्यास बाहिर निकाली पेट दुखाई निको गराउँदछ ।

—     १ चम्चा जिरा पिसेर त्यसलाई चिनी वा मिश्रीमा मिलाई खानाले पेट रोग निको हुन्छ ।

—     साँफ र सेतो नुन बराबर मात्रामा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

—     दुई चम्चा मुलाको रसमा ३/४ दाना कालो मरिच पिसेर मिलाउनुहोस् र फेरि यसमा एक चिम्टी नुन मिलाई सेवन गर्नुहोस् जसले पेटको दुखाइलाई आरमपूर्वक मेटाइदिन्छ ।

—     थोरै हिङ नाइटोको वरिपरि लगाउनाले पनि पेट रोग निको हुन्छ ।

—     पोको जामुनको ३/४ चम्चा रस सेवन गर्नाले पेट रोग निको हुन्छ ।

—     एक चम्चा अजवायन, एक चिम्टी हिङ पाउडर र दुई चिम्टी कालो नुन तातोपानीमा मिलाई सेवन गर्नाले पनि पेट रोग निको हुन्छ ।

—     ४/५ वटा अम्बाका पातहरु पानीमा मिलाई पिसेर सेवन गर्नाले पेट रोग निको हुन्छ ।

साभार – ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ५९ बजे

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी– धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका