प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, जुनसुकै बेला फैसला आउन सक्ने « Khabarhub

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, जुनसुकै बेला फैसला आउन सक्ने


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई महिनाको बहसपछि प्रतिनिधिसभा विघटनविरूद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ ।

फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले आज मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो ।

इजलासको आदेशअनुसार सोमबार अधिवक्ताहरूले बहस नोट बुझाएका छन् ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधसभा विघटन गरेपछि ६ गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

उक्त मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो ।

उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरूले पनि आफ्नो राय दिएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताएका थिए । ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा  फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने राणाले बताएका थिए।

फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ । त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरूको रायका आधारमा फैसला सुनाइनेछ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ८ : १५ बजे

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले