निर्वाचनका लागि २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान « Khabarhub

निर्वाचनका लागि २८ प्रकारका सामग्री किन्न आयोगबाट बोलपत्र आह्वान


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ ।

आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । यी सामग्रीको मूल्य २५ करोड रुपैयाँ बराबरको हुने आयोगले जनाएको छ ।

आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि बढाएको छ।

सरकारले तोकेको मिति वैशाख १७ र २७ गते निर्वाचन गर्न आयोगले तयारीलाई तिव्र पारेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले २५ करोड मध्येका २८ प्रकारका सामग्री किन्नका लागि आज बोलपत्र आह्वान गरिएको बताए।

श्रेष्ठका अनुसार चुनावमा विभिन्न ३६ प्रकारमा सामग्री चाहिन्छ। ती सामग्री खरिदका लागि आयोगले २५ करोड छुट्टाएको छ। ती बाहेक जिल्लामा उपलब्ध हुने सामग्री भने जिल्ला निर्वाचन आयोगले नै खरिद गर्न सक्ने छन्। त्यसका लागि भने छुट्टै बजेटको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ।

आयोगकाअनुसार छपाइसम्बन्धी मतपेटिका स्टिकर र परिचयपत्र, पोलबुक र कार्डहरु, सुरक्षण सिल र रबर म्याट, रबर र पित्तलको स्वस्तिक छाप, नउड्ने मसीको मार्कर, छेकाबार, स्ट्याम प्याड र मसी, जेलपेन, मार्करपेन, पञ्चिङ मेसिनलगायत सामग्रीका लागि बोलपत्र आह्वान गरिएको हो।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : २८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र