अमेरिकामा कोरोनाबाट मृत्यु भएकाहरुको शोकमा पाँच दिन आधा झण्डा झुकाइने « Khabarhub

अमेरिकामा कोरोनाबाट मृत्यु भएकाहरुको शोकमा पाँच दिन आधा झण्डा झुकाइने


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाहरुका शोकमा पाँच दिनका लागि राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेसँगै राष्ट्रपति जो बाइडेनले शोक मन्तव्य व्यक्त गर्दै सबै संघीय संस्थालाई आधा झण्डा झुकाउन आह्वान गरेका हुन् ।

कोरोना महामारीका कारण सर्वाधिक मृत्यु ब्यहोर्ने देश अमेरिका हो । यो संख्या पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाले व्यहारेको मानवनीय क्षतिभन्दा पनि बढी हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलोपटक कोरोना भाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको संक्रमणका कारण निधन भएको हो । कोरोना भाइरस सुरुमा चीनमा देखा परेको थियो ।

मृतकको संख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ०६ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल