कुटपिट गरी श्रीमती हत्याको आरोपमा राई पक्राउ | Khabarhub Khabarhub

कुटपिट गरी श्रीमती हत्याको आरोपमा राई पक्राउ


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्ति श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि४ छाप्रा नं. ३९ का ५५ वर्षिय सरे राईलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमायाँ तामाङ्लाई मंगलबार मादक पदार्थ सेवन गरी कुटपिट गरेका थिए । कुटपिटबाट श्रीमतीको घट्ना स्थलमै मृत्यु भएको र हत्या पछि भागेका उनलाई प्रहरी चौकी बाघखोरको टोलीले नियन्त्रणमा लिएको हो ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार उनलाई सोहि ठाउँका एक घरबाट लिकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी ईलाका प्रहरी कार्यालय दमकमा ल्याई थप अनुसन्धान भई रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ३ : २० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक