रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो « Khabarhub

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि सरकारले रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पुर्‍याइएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्।

मन्त्रीको निर्देशनानुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोगको सूक्ष्म निगरानी, सुरक्षित खानेपानी, सरसफाइ र आवश्यक स्वास्थ्यकर्मी परिचालनको काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाढीका कारण खानेपानीका मुख्य मुहान तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेकाले हैजा लगायत अन्य सरुवा रोगको जोखिम उच्च रहेको छ। जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  १२ : १२ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको