‘मेरो कमजोरी, बालबालिका भट्टाएँ भने ठूला काम छाडेर पनि खेल्न थाल्छु’ « Khabarhub

‘मेरो कमजोरी, बालबालिका भट्टाएँ भने ठूला काम छाडेर पनि खेल्न थाल्छु’


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका भट्टाउँदा ठूला–ठूला काम पनि छाडेर पनि उनीहरुसँग रमाउनु आफ्नो कमजोरी भएको बताएका छन् ।

मंगलबार बालमन्दिरमा बालबालिकासँग ७० औँ जन्मदिन मनाउने क्रममा उनले भने, ‘बालबालिका भट्टायो र खेल्न पाएँ भने ठूला–ठूला काम पनि छाडेर उनीहरुसँग खेल्न थाल्छु । यो मेरो कमजोरी पनि हो ।’

उनले अब कोही पनि बालबालिका अनाथ र साहराविहिन हुन नपरोस् भनेर सरकारले उनीहरुको जिम्मा लिँदै अगाडि बढेको बताए ।

प्रधानमन्त्रीले मानवअधिकारका अभियानहरु अहिले बहकिन थालेको उल्लेख गर्दै भने, ‘मानवअधिकारका अभियानहरु बहकिन हुँदैन ।’

‘आज सडक बालबालिका देखिँदैनन् । देखिँनु हुँदैन । यदि देखिए भने सरकारले उद्दार गर्छ ।’ उनले भने, ‘बालबालिकाको भविष्य जस्तो हुन्छ, देशको भविष्य त्यस्तै हुन्छ ।’

प्रधानमन्त्री ओलीले नेपाल गरिब भएपनि बेसहारा बालबालिका मुलुकका लागि बोझ नहुने बताए ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यले बालमन्दिरका बालबालिकालाई खेलकुद सामग्री वितरण गरिन् । यस्तै बालबालिकाले सांस्कृतिक प्रस्तुति पनि राखेका थिए । त्यसअघि, बालबालिकाको माझमा प्रधानमन्त्रीले जन्मदिनको केक काटेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ३१ बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक