जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार « Khabarhub

जर्जियाका प्रमुख विपक्षी नेता गिरफ्तार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्जियाली प्रहरीले मंगलबार यहाँको विपक्षी दलको मुख्यालयबाट प्रमुख विपक्षी नेतालाई पक्राउ गरेको छ ।

नेता निका मेलियालाई दलको कार्यालयमा पुगी पक्राउ गर्ने क्रममा दलका नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीबीच दोहोरो झडपसमेत भएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त अवसरमा प्रहरीले भीडलाई नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास समेत चलाएको समाचार एजेन्सी सिन्ह्वाले बताएको छ ।

विपक्षी नेताको पक्राउपछि गत वर्ष सम्पन्न भएको भनिएको विवादित संसदीय निर्वाचनपछि जारी राजनीतिक सङ्कटलाई अझ गम्भीर बनाउने अनुमान अधिकारकर्मीहरूले गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजनमा देखिउका प्रत्यक्ष दृश्यमा जर्जियाको प्रमुख विपक्षी गठबन्धन, ‘यूनाइटेड नेशनल मुभमेन्ट’, का नेता निका मेलियालाई दलको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर हिरासतमा लगिएको देखिएको छ ।

यसैबीच सयौं दङ्गा प्रहरीले उहाँका समर्थकहरू र बुधवारदेखि भवनमा डेरा गरी रहेका देशका सबै विपक्षी दलका नेताहरू विरूद्ध अश्रु ग्यास प्रयोग गरेको एमतावारी टिभीले प्रत्यक्ष दृष्यचित्रहरूमा देखाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : १७ बजे

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

किमाथांका– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक

इस्लामावादमा अमेरिका-पाकिस्तान-इरानबीच प्रत्यक्ष वार्ता सुरु

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका, इरान र पाकिस्तानबीच उच्चस्तरीय त्रिपक्षीय

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल