सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण : नेता खनाल « Khabarhub

सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण : नेता खनाल


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्चको निर्णय ऐतिहासिक भएको बताएका छन् । खबरहबसँगको कुराकानीमा नेता खनालले संसद पुनस्र्थापना गर्ने सर्वोच्चको फैसला संवैधानिक सर्वोच्चताको गतिलो उदाहरण भएको बताए ।

उनले केपी ओलीको शत्ता शासनको अन्त्य भएको बताउँदै अब दलहरु मिलेर नयाँ सरकार गठन गर्ने बताए ।

उनले भने, ‘ अब हामीले नयाँ सरकार गठन गर्नुपर्छ । नयाँ सरकारले नयाँ प्रतिबद्धता, नयाँ नीति र कार्यक्रमका साथमा अघि बढ्नुपर्छ । हामी त्यसका लागि सबै राजनीतिक दलसँग कुराकानी गरेर अघि बढ्छौँ ।’

नेपाली कांग्रेस, जनता समाजवादी दललगायतका संसदमा रहेका दलहरुसँग छलफल गरेर अघि बढ्ने नेता खनालले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘अब जनताको आशा अपेक्षालाई पूरा गर्ने बेला आएको छ । हामी जन अपेक्षा अनुसार काम गर्नेगरी अघि बढ्छौँ ।’

उनले तत्काल नेकपाको सँग एकीकरण हुने सम्भावना नरहे पनि चाँडै पार्टीलाई एक ढिक्का बनाएर लैजाने बताए ।

नेता खनालले भने, ‘अहिले एकीकरण हुने म सम्भव देख्दिन, अहिले पनि नेकपा विभाजन भएको छैन । सानो समूह टुक्रिएको हो । अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ । केपी ओलीले पार्टीलाई चोइट्याउने क्रममा आफ्नो वरपर पार्नुभएको छ । केही साथीहरु भ्रममा हुनुहुन्थ्यो । अब भ्रम मुक्त हुनुभएको छ । ती साथीहरु अब पार्टीमा फर्किएर आउँछन् । जसजसले कमजोरी सच्याउँदै पार्टीमा फर्किएर आउनुहुन्छ । उहाँहरुलाई हामी हार्दिक स्वागत गछौँ र पार्टीलाई एक ढिक्का बनाएर लैजान्छौँ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ७ : ३५ बजे

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका

निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न

सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो काठमाडौं महानगर

काठमाडौं–  काठमाडौँ महानगरपालिकाका यस वर्षको जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) जात्रा

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक