नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य २९ लाख ४९ हजार « Khabarhub

नयाँ निशान म्यागनाइटको देशभर बुकिङ खुल्ला, मूल्य २९ लाख ४९ हजार


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पायोनियर मोटो कर्प प्रालीले नयाँ निशान म्यागनाइटको मूल्य सार्वजनिक गर्दै नेपालभरीका सबै डिलरहरुमार्फत बुकिङ खुल्ला गरेको छ ।

कम्पनीले सोमबार एक कार्यक्रम गरी यसको बुकिङ खुल्ला गरेको हो । ग्राहकहरुले निशास नेपालको वेभसाइटमा गएर यस एसयूभीको बुकिङ गर्नसक्ने छन् ।

नेपाली बजारमा निशान म्याग्नेसाइटको मूल्य २९ लाख ४९ हजार रुपियाँ रहेको छ । यी गाडिहरु बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक रहेको कम्पनीले जनाएको छ ।

No description available.

निशान मोटर इण्डियाका अध्यक्ष तथा दक्षिण एसिया बजारका इन्चार्ज सिनन ओजकोकका अनुसार निशासन म्यागनाइटले निशान नेस्क्टको नेपाली र विश्व बजारका लागि तय गरिएको रणनीतिमा नयाँ अध्यायको सुरुवात गर्दछ ।

‘मेक इन इण्डिया, मेक फर द वल्ड’को नारासहित नयाँ निशान म्यागनाइटमा २० वटाभन्दा बढि प्रथम श्रेणी र वेष्ट–इन–सेगमेन्टका सुविधाहरु रहेको र यसले उपभोक्ताहरुलाई नविनतम् रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

No description available.

निशान म्यागनाइटमा प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता प्रविधिहरु समावेश छन् । यसका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पूरा गर्ने ढंगबाट गहनताका साथ डिजाइन गरिएको पायोनियर मोटो कर्पका प्रवन्ध निर्देशक संदीपकुमार शारदाले जानकारी दिए । यस गाडिले नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्ने उनले आशा व्यक्त गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १ : ०९ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको