प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश « Khabarhub

प्रदूषण व्यवस्थापनका लागि उपकरण राख्न अन्तरिम आदेश


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- उच्च अदालत तुलसीपुरले घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्दा हुने धुवाँ, धुलो र वातावरणीय प्रदूषण तत्काल नियन्त्रण गर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश रमेशराज पोखरेलको संयुक्त इजलासले वातावरणमा प्रतिकूल असर पार्ने कार्य नियन्त्रणका लागि उपकरणको व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको हो ।

पीडितको रिट निवदेनमाथि सुनुवाइ गर्दै घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालिका नाममा उद्योगबाट उत्पन्न हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण तत्काल नियन्त्रण गरेर मात्रै उद्योग चलाउन अन्तरिम आदेश जारी गरेको हो ।

पीडितको तर्फबाट घोराही सिमेन्ट प्रालि र जिल्ला प्रशासन कार्यालय समेतलाई विपक्षी बनाई दायर रिटउपर सुनुवाइ गर्दै सिमेन्ट उद्योगलाई तत्काल धुवाँ, धुलो र वातावरणीय प्रदूषण नियन्त्रण गर्न उच्च अदातले अन्तरिम आदेश जारी गरेपछि उद्योगको मनोमानी कार्य रोकिने देखिएको छ ।

अदालतले जनसङ्ख्या तथा वातावरण मन्त्रालय वातावरण विभागबाट भएको निरीक्षण प्रतिवेदनमा औँल्याइएका वातावरणमा प्रतिकूल असर पार्ने कार्यलाई नियन्त्रण गर्नका लागि ब्याग फिल्टर, विइन्ट ब्रेकिङ वालजस्ता उपकरण तत्काल जडान तथा व्यवस्थित गर्न आदेश जारी गरेको छ ।

त्यसका साथै सडकमा धुलो नउड्ने गरी पानीको फोहरा व्यवस्थापनसमेत तत्काल गर्नु/गराउनु भनी घोराही सिमेन्ट प्रालिका नाममा जारी अन्तरिम आदेशमा भनिएको  छ ।

उच्च अदालतको आदेशले उद्योगका कारण धुलो, धुवाँको प्रदूषणका कारणले वातावरण, स्वास्थ्य प्रजनन र खाद्य अधिकारमा असर पारेको प्रमाणित गरिदिएको निवेदकहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ५० बजे

फिफा विश्वकप–२०२६ आजदेखि : उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

काठमाडौँ– फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ ।

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल