भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध « Khabarhub

भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन अनुरोध


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपालमा कोरोना भाइरसको जोखिम बढेको भन्दै चितवनमा पनि उच्च सतर्कता अपनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र चितवनले आग्रह गरेको छ ।
केन्द्रका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विज्ञप्ति जारी गर्दै जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै जाँदा जिल्लामा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै भीडभाड हुने कार्यक्रम नगर्न आग्रह गरिएको छ ।

जिल्लामा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठीजस्ता कार्यक्रम नगर्न भनिएको छ । यस्तै प्रशासनले भौतिक दूरी कायम गर्न तथा मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न पनि आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होलीपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : ५९ बजे

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार

पृथ्वी, अरनिको र मेची राजमार्ग अवरुद्ध : देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

केही भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

त्रिशूली–३ ‘ए’ आयोजनामा रातभर उद्धार प्रयास, बाक्लो स्ल्याब फुटाएर सुरुङ खोल्ने तयारी

काठमाडौँ– रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज